
काठमाडौँ । जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन दक्षिण अफ्रिका गएको नेपाली टोलीले आफ्नो अन्तिम तयारी शुरु गरेको छ ।
विश्वकप अघि दक्षिण अफ्रिकामा केही समय तयारी र अभ्यास खेल खेल्न नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थियो । विश्वकपमा लागि क्यानले यसअघिनै देव खनालको कप्तानीमा १५ सदस्यीय यु–१९ विश्वकप टोलीको घोषणा गरिसकेको छ ।
नेपालले विश्वकप अघि नामिबियासँग जनवरी ९ र स्कटल्यान्डसँग जनवरी ११ तारिखमा दुई वटा प्रशिक्षण खेल खेल्नेछ । नेपालले जनवरी १३ तारिख स्कटल्याण्ड र १६ तारिखमा वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले व्यवस्थापन गरेको अभ्यास खेल खेल्ने पनि तय भएको छ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।
नेपाली यु–१९ टोली
देव खनाल ९कप्तान०, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा