+

बारामा ६२ हजार हेक्टरमा खेती

कलैया ।  बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार ८ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ ।  

कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण साहले खेती गरिएको जमिनमध्ये तराईतर्फ ६१ हजार आठ सय २८ हेक्टर र चुरे पहाडतर्फ नौ सय ९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताउनुभयो । 

कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमिनमध्ये तराईतर्फ छ हजार छ सय ८२ हेक्टर र चुरे पहाडतर्फ चार सय ५८ सहित सात हजार एक सय ४० हेक्टर जमिन बाँझो रहेको जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै