
ललितपुर । ललितपुर महानगरपालिकाले विभिन्न खेदकुद क्लबलाई ३७ लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई उल्लेखित रकम सहयोग गरेको हो ।
महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमश ः ४ लाख, ३ लाख र २ लाख रुपैयाँँका दरले रकम उपलब्ध गराएको हो ।
विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभएको छ । पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन् ।
बी’ डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा युथ क्लब, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई पुरस्कृत गरिएको छ । सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
‘आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ’ प्रमुख महर्जनले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा