+

स्कुटर दुर्घटनामा चालकको मृत्यु

पाल्पा ।  रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा रामपुर–१० ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको हो । 

कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा खरु मगर गम्भीर घाइते  भएका थिए । उनलाई रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोकिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट