
काठमाडौँ । गुम्बा र मदरसामा शिक्षक व्यवस्था गर्न सम्बन्धित संस्थाका प्रतिनिधिले सुझाव दिएका छन् । संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसँग आग्रह गरेका हुन् ।
समितिको सोमबार बसेको बैठकमा शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा विशेष शिक्षा परिषद्का शिक्षक प्रतिनिधि अनिल अम्गाइले यस्तो सुझाव राख्नुभएको हो । अम्गाइले विशेष कक्षा सञ्चालनमा संलग्न १ सय ७२ शिक्षक र १ सय ८ विद्यालय कर्मचारीलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।
मुन्धुम शिक्षाका अभियन्ता अमर लिम्बूले शिक्षा विधेयकमा मातृभाषा शिक्षकको व्यवस्था गर्न सुझाव दिनुभयो । मदरसा शिक्षाका प्रतिनिधि मोहम्द मिजामुद्दिनले मदरसामा मुस्लिम समुदायकै प्रधानाध्यापकको व्यवस्था हुने प्रावधान विधेयकमा गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल बौद्ध महासङ्घका प्रतिनिधि कमल भण्डारीले परम्परागत शिक्षालाई व्यवस्थापन गर्न बेग्लै बोर्ड गठनको व्यवस्था विधेयकमा राख्न सुझाव दिनुभयो ।
समितिले यसअघि स्थानीय तहका जनप्रतिनिधिका महासंघ, नेपाल शिक्षक महासंघ निजी विद्यालय सञ्चालकका संस्था, अस्थायी शिक्षक र विद्यालय कर्मचारीलगायत क्षेत्रसँग छलफल गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा