
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकले सुधार आएको छ । नेप्से आज ३६ दशमलव ५७ अंकले सुधार देखिएको हो ।
परिसूचक १ दशमलव ८० प्रतिशतले बढेर २ हजार ५९ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । सोमबार ३ सय ९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता शेयर, ९९ हजार ५ सय २४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६ रुपैयँँ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी जीवन बीमा समूह ३ दशमलव ७२ र अन्य समूह २ दशमलव ५७ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो ।
सबैभन्दा बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा ५ दशमलव ४६ प्रतिशतको कमी देखिएको छ । कारोबार रकमका आधारका आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ५ लाख २६ हजार ३ सय ९३ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा