
काठमाडौैँ। राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवारले गण्डकी, कर्णाली र मधेश प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकीबाट ३ सिटको लागि हुने निर्वाचनमा नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट अपांगतातपर्ः तनहुँका पदम परियार र अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रबाट पर्वतकी मनरूपा शर्मा सुवेदीले महिलातर्फ मनोनयन दर्ता गराउनुभएको छ ।
सत्तारुढ गठबन्धनका उम्मेदवारले कर्णाली प्रदेशमा पनि उममेदवारी दर्ता गराका छन् । कर्णालीमा कांग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम)ले अन्यतर्फ, माओवादी केन्द्रका विष्णु विक ‘विकल्प’ (कालिकोट)ले दलित कोटामा र नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले महिलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनले मधेश प्रदेशमा पनि मनोनयन दर्ता गराएका छन् । मधेशबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरीले महिला समूहतर्फ उम्मेदवारी दिनुभएको छ । गठबन्धनबाट दिनुभएका ढुंगाना धनुषा र चौधरी रौतहटकी हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा