
संखुवासभा । चैनपुर नगरपालिकामा ११ करोड रुपैयाँ खर्च गरेर खानेपानी निर्माण गरिएको छ । नगरपालिकाको वडा नम्बर ११ मा ११ करोड ११ लाख रुपैयाँ खर्च गरेर सवाखोला लोहाकोट विजुवा पानी सामुदायिक लिफ्टआयोजना बनाइएको हो ।
त्यो आयोजनाबाट १ सय १८ परिवार लाभान्वित हुनेछन् । गत असारमा आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो । मुहान बथाएपछि यहाँका ३ सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो ।
आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ । ‘केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ’ उहाँले भन्नुभयो । बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए । पाँच महिनापछि बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन् ।
‘आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ’ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भन्नुभयो । आर्थिक वर्ष २०७५÷७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा