
विराटनगर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस नेता सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गर्नुभएको हो ।
कांग्रेस नेता सिटौलाले सोमबार पार्टीको कार्यकर्तासहित विराटनगर स्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो । सिटौलाले राष्ट्रियसभामा उम्मेदवार बनाउन प्रदीप सुनुवार प्रस्तावक र हिमाल कार्की समर्थक बस्नुभएको छ । काँग्रेस नेता कोइराला गत वर्ष मंसिरमा भएको प्रतिनिधसभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित हुनुभएको थियो । सत्ता गठबन्धनका भागबण्डा र सहमति अनुसार उहाँ अहिले फेरि राष्ट्रियसभाबाट संसद छिर्न लाग्नुभएको हो ।
गठबन्धनबाट सिटौलासँगै नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उहाँहरुसँग प्रतिस्पर्धा गर्न रुक्मिणी कोइराला र परशुराम अधिकारीलाई उम्मेदवार बनाउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा