
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यलय बागमती प्रदेशले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार बागमती प्रदेशबाट ३ सय ४७ मतदाताले मतदान गर्नेछन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचन हुँदैछ । चार पदका लागि सोमबार (भोलि) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
निर्वाचनमा बागमती प्रदेशसभाका १ सय १० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३७ जना गरी कुल ३ सय ४७ मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तारा आचार्यले जानकारी दिनुभयो ।
कुनै पनि मतदाता विरुद्ध उजुरी नपरेकाले नामावलीमाथि थप संशोधन गर्न नपरेको बागमती प्रदेश निर्वाचन अधिकृत सञ्जेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा