
मोरङ । कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गर्नुभएको छ । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त पदमा नियुक्त गर्नुभएको हो ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा