
कास्की । नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव तथा राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स०को आयोजनामा २६औँ संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ को प्रमुख आकर्षणका रुपमा लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता गरिने भएको छ ।
सोे संस्थाको २८औँ वार्षिक समारोह एवं तीज महोत्सव भदौ १९ देखि २१ गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा हुने आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिनुभयो ।
संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । राष्ट्रिय पुरुष तथा महिला भलिबलमा दुवैतर्फ नेपालका तीन विभागीय टोलीसहित पाँच÷पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र न्यू एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् ।
यसैगरी पुरुषतर्फ विभागीय सशस्त्र प्रहरीको एफिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ विजेताले समान १ लाख ५० हजार एक सय ११, उपविजेतालाई १ लाख एक सय ११, तेस्रोलाई ५० हजार एक सय ११ नगद पुरस्कार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश भण्डारीले जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कारको व्यवस्था गरिएको बताइन्छ । भलिबल भदौ १८ गतदेखि नै सञ्चालन हुने संयोजक भण्डारीले बताउनुभयो । यसैगरी अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको छ ।
तीज गीतमा प्रथमलाई ५० हजार एक सय ११, द्धितीयलाई ३० हजार एक सय ११, तृतीयलाई २० हजार एक सय ११ र सान्त्वना १० हजार एक सय ११ साथै सहभागी टोलीलाई प्रोत्साहनवापत दुई हजार प्रदान गरिने आयोजक नवआदर्श सामूदायिक विकास समाजले जनाएको छ ।
यसैगरी अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४०, २५, १५ ररु पाँच हजार रुपैयाँँ तथा उत्कृष्ट वेषभूषालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताइएको छ । महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गरिने अर्थ सङ्कलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताउनुभयो । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शवबाहन सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा पोखरा– १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी