
तनहुँ । म्यादे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लबका खेलाडी मन्दिप आलेको उपचारमा सघाउन अमेरिकाबाट दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी घाइते उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएकामा अमेरिकाबाट सहयोग प्राप्त भएको हो ।
मगर सङ्घ अमेरिकाका केन्द्रीय समितिका भाषिक उपाध्यक्ष एवं क्लवका सल्लाहकार गणेश आलेको नेतृत्वमा अमेरिकामा रकम सङ्कलन गरिएको फ्रेण्डसीप युवा क्लबका अध्यक्ष दुर्गाराज रानाले जानकारी दिनुभयो । मगरको उपचारमा आर्थिक अभाव भएपछि क्लबको सक्रियतामा ‘मन्दिप बचाउ अभियान’ सञ्चालन गरिएको छ ।
गत साउन २८ गते बरचौरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका आलेको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग जुटाउन थालिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । आलेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको क्लबका सचिव मिलन थापाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी