
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यस्तै हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भूटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो ।
आज खेलको निर्धारित ९०औँ मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बङ्गलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।
भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके । त्यसअघि खेलको ३७औँ मिनेटमा बङ्गलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै भारतले खेलको ७५औँ मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशका कामासाइ मार्माले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए । तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन ।
साफ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र बंगलादेशवीच प्रतिस्पर्धा हुनेछ । भदौ १२ गते हुने फाइनल दशरथ रङ्गशालामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी