
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरि दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन आइतबार परिसूचक २६ दशमलव ३६ अंकले कम देखिएको छ । नेप्से परिसूचक १ दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो ।
आइतबार ३ सय चार कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता शेयर ९८ हजार ६ सय ३२ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूहको उपसूचक १ दशमलव ३प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह २ दशमलव ४० र व्यापार समूह २ दशमलव १४ प्रतिशतले घटेका हुन् । आइतबारको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ५६ हजार ४ सय ४ रुपैयाँँ बराबरको ५ लाख ५७ हजार १ सय ५९ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा