+

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट १३ लाख आम्दानी

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म  १३ लाख ६३ हजार ७ सयरुपैयाँ  सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको विभिन्न खेलमार्फत उल्लेखित रकम सङ्कलन भएको हो ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलबाट ६ लाख ५२ हजार ८ सय सङ्कलन भएको थियो । शनिबारको खेलबाट मात्र ३ लाख ४४ हजार र शुक्रबारको खेलबाट ३  लाख ८ हजार ८  सय सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा ७ लाख १० हजार ९ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति २ सय रुपैयाँ तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा १ सय राखिएको थियो । फाइनल खेल भदौ १० गते सोमबार सम्पन्न हुनेछ । 

फाइनल खेल हेर्नका लागि टिकट दर २ सय ५० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट २० लाख रुपैयाँ सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । .उपविजेताले  दुई लाख ५० हजार ५ सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट