+

साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा

काठमाडौँ ।  माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।

यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छभने भूटान उपविजेता बनेको छ ।

यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच  भदौ ९ गते प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश  भिड्नेछन् । त्यो खेल भने भदौ १० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट