
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले उम्मेदवार छनोट गर्न तीन नेतालाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
निर्वाचनका लागि पार्टीले कुन प्रदेशमा कति सिट सङ्ख्या प्राप्त गर्ने सम्भावनाका विषयमा गठबन्धनको बैठकमा छलफल गर्ने जिम्मेवारी पनि बैठकले नेतात्रयलाई दिएको छ ।
नेकपा (एमाले)ले सत्ता गठबन्धनसँग सिट मागेको विषयमा पनि आजको बैठकमा छलफल गरिएको र प्रतिपक्षलाई सिट दिन नहुने निष्कर्ष आजको बैठकले निकालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा