
काठमाडौंँ। पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले आजको लागि तय गरेको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
कार्यसम्पादन समितिको बैठक भोलि (आइतबार)को लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । मुख्य सचिव पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो १ बजे शुरु हुनेछ । कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक डाकेको हो ।
राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा टुंग्याइसकेको छैन । राष्ट्रियसभामा एमालेले भने (१९) सबै सिटमा उम्मेदवार दिने निणय गरिसकेको छ । नेकपा एकीकृत समाजवादीको निर्वाचनबारे छलफल र निर्णय गर्न आज केन्द्रीय सचिवालय बैठक बसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा