
सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।
बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन माग्दै कांग्रेससहितका दलले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको हो ।
प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गरेपछि झडप भएको हो । झडपमा बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ । प्रदर्शनकारीले नगरप्रमुखको घर तोडफोड गर्दै एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् ।
झडपमा १ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पुष्टि गर्नुभएको छ । गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रहरीसँगको झडपमा केही घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा