+

एशिया छनोट क्रिकेट आयोजना गर्दै नेपाल

काठमाडौँ । नेपालले आइसिसी  १९ वर्षमुनि ९यू(१९० क्रिकेट विश्वकप क्रिकेट एशिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।

आगामी अप्रिल १२ देखि २१ तारिखसम्म हुने छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । 

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट