
कालीकोट । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ ।
हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो । पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पु¥याएको स्थानीय जवानसिंह सुनारले बताउनुभयो । ‘यहाँ धानखेती हुँदैन, मुख्य बाली मकै हो’ उहाँले भन्नुभयो– ‘हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।’
अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पु¥याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताउनुभयो ।
‘हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ’ उहाँले भन्नुभयो– ‘क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै