
सुर्खेत । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उहाँले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गर्नुभयो । राजनीतिक आस्था फरकफरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उहाँको भनाई छ ।
प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत सो अवसरमा जानकारी दिनुभयो । ‘जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्उ┌ हाँले भन्नुभयो– ‘यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।’
दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उहाँको सुझाव थियो । उहाँले रङ्गशाला निर्माणका लागि धन्यवाद दिनुहुँदै खेलकूदसम्बनधी संरचना निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता भएका छन् । प्रतियोगिताका लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापकमा कर्णाली प्रदेश भलिबल सङ्घ रहेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।
यस प्रतियोगितामार्फत राष्ट्रिय टिम छनोट हुनेछ । खेलाडी व्यवस्थापन सङ्घले गर्नेछ । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा