
कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।
स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा भदौ ६ देखि १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो ।
महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टेडाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेगरी विशाल शिवजीको मूर्ति, बुद्धमूर्ति, ज्योतिलिङ्गसहित १ सय ८ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र गरिने योजना रहेको महायज्ञका संरक्षक एवं माछापुच्छ्रे–२ का वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।
‘यस क्षेत्रको धार्मिक पर्यटन वृद्धिका लागि यहाँका बासिन्दाले आस्था राख्नुहुने अन्य धार्मिक क्षेत्रलाई पनि जोड्ने र प्रवर्द्धनको उद्देश्य महायज्ञको छ । माछापुच्छ्र्े हिमालको सुन्दर पृष्ठभूमिमा सुन्दरमूर्ति निर्माण हुनेछन्’ उहाँले भन्नुभयो ।
भराभरीको ढुङ्गाखानी, खारपानीको तातोपानी, खैमराङको महादेव मन्दिर तथा भुर्जुङखोलामा अवस्थित शिवालय मन्दिर र ट्रेकिङ जानेहरूका लागि प्रसिद्ध गन्तव्य तारा हिलटप यस क्षेत्रका स्थानीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रूपमा रहेका छन् ।
आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले महायज्ञबाट रु चारदेखि पाँच करोडसम्म रकम सङ्कलन हुने अपेक्षा गरिएको बताउनुभयो । शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका–२ वडा कार्यालय रहेको छ ।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ । महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण सङ्घसंस्था, आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागिपरेको बताइन्छ ।
माछापुच्छ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले समग्र कास्की जिल्लावासीकै अर्को आकर्षणको केन्द्र बनाई पोखरा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको बसाइ अवधि लम्ब्याउन धार्मिक क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो
- प्रतिगमनको ढोका खोल्न संविधान संशोधन गर्दैनौँ : प्रधानमन्त्री
- फेरि कम्युनिस्ट एकता असम्भव छैन : प्रचण्ड
- शिक्षकहरुले दिउँसै बत्ती बालेर खोजे सरकार