
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालयमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको छ ।
आगामी फागुन २० गते राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ । त्यसमध्ये एमालेका ८ जना छन् । राष्ट्रियसभा फागुनमा रिक्त हुने सांसद पूर्ति गन माघ ११ गते निर्वाचन हुँदैछ । त्यसको लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच भागबण्डा भए एमाले शून्य हुने अवस्था छ । राष्ट्रियसभा निर्वाचनमा शून्य हुने अवस्था आएपछि त्यसबारे गम्भीर रुपमा छलफल गर्न एमालेले शुक्रबार सचिवालय बैठक राखेको हो । सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा