
काठमाडौँ। राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
रास्वपा सभापति लामिछाने शुक्रबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो । रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति लामिछनेले एमाले अध्यक्ष ओलीलाई अघिल्लो महिनादेखि समसामयिक विषयमा छलफल गर्न चाहनु भएको थियो । तर एमाले अध्यक्ष ओली पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका भेटवार्ता हुन सकिरहेको थिए ।
एमाले अध्यक्ष ओली र रास्वपा सभापति छामिछानेबीच राष्ट्रियसभा निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको रावलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा