
झापा । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ ।
अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २ सय २५ पर्यटकको आवागमन भएको छ । त्यही अवधिमा १ सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने १ सय २ जना बर्हिगमन भएका छन् ।
कार्यालयका प्रमुख मोहन पनेरुले बङ्गलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताउनुभयो । उहाँले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताउनुभयो । ‘धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्’ उहाँले भन्नुभयो– ‘आन्दोलनका कारण उहाँहरुलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।’
कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो ।
त्यस अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बङ्गलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिङ्गापुर लगायत विभिन्न देशका पर्यटकको आगमन भएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कतारले नेपाललाई दियो १५२ रनको विजयी लक्ष्य
- नारायणगढ–बुटवल सडक : दाउन्नेमा आजदेखि चार घण्टा बन्द
- आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता
- राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल
- एमालेको कार्यक्रममा कार्यकर्ता ओसार्न सरकारी खर्चमा इन्धन वितरण
- रवीन्द्र मिश्र र धवलशमशेर राणालाई अझै १५ दिन हिरासतमा राखिने
- प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : लिङ्देन
- बालेनद्वारा राप्रपालाई धन्यवाद
- आन्दोलनरत शिक्षकलाई सरकारले पुनः वार्तामा बोलायो