
काठमाडौँ । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भट्टलाई काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार राति पक्राउ गरेको हो ।
प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको जाहेरी परेपछि भट्टलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताउनुभएको छ ।
एसएसपी भुपेन्द्र खत्रीका अनुसार यो विवाद टुटलसँगै सम्बन्धित छ । भट्टका साथीहरुले शुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको हो ।
‘साथीहरुबीचकै विवाद जस्तो देखिएको छ, अर्को पक्षलाई बोलाएका छौं’ एसएसपी खत्रीले भन्नुभयो ।
राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका हो । त्यस लगत्तै पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि टुटल बन्द भएको थियो । टुटल केही महिनाअघि पुन सञ्चालनमा ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा