
म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाख रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०८०/ ८१ मा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले ५८ लाख ४० हजार ५ सय १० रुपैयाँ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मेलापर्वमा ् १९ लाख ७८ हजार ८ सय १८ र मण्डपमा ३८ लाख ६१ हजार ६ सय ९२ रुपैयाँ भेटी सङ्कलन भएको जानकारी दिनुभयो ।
‘गत आर्थिक वर्षसम्म कोषको आम्दानी भेटी, दान र बैङ्कको ब्याजसहित ४ करोड ४१ लाख २५ हजार २ सय २२ पुगेको छ’ उहाँले भन्नुभयो– ‘मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको छ ।’
भेटीसहित गत आर्थिक वर्षमा १ करोड ७६ लाख ४० हजार ८ सय ८४ रुपैयाँ आम्दानी गरेको कोषले विभिन्न शीर्षकमा ८० लाख ३५ हजार ९ सय ११ खर्च र ९६ लाख ४ हजार ९ सय ७२ रुपैयाँ बचत गरेको कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।
भेटीबाहेक यज्ञ दर्ता शुल्क ४ लाख १३ हजार ६ सय ६७, यात्री निवास शुल्क ५ लाख ७७ हजार ६ सय ६५, ब्याज ८९ लाख ६९ हजार ५ सय ६६, दान दातव्य ५५ लाख २२ हजार १ सय ४३ र भक्तजनहरुले चढाएको जिन्सी सामान बिक्रीबाट ६ लाख २८ हजार ८ सय २५रुपैयाँ सङ्कलन भएको छ । यसैगरी, पार्किङ शुल्क ११ हजार ७ सय ५० र स्टल भाडा ६ लाख ७६ हजार ६ सय ८५ रुपैयाँ आम्दानी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा