
काठमाडौँ । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा २ हजार ३ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला १ लाख ४७ हजार ७ सय निर्धारण भएको छ ।
तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार ५ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ ले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७ सय ८५ मा कारोबार भएकामा आजका लागि १ हजार ७ सय २५ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा