
गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।
खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो । अपाङ्गता अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ । राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा