
काठमाडौँ । सुनको मूल्य तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ । छापावाला सुन आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४९ हजार ५ सय रुपैयाँ पुगेको छ
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा