
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुग्नुभएको छ । सत्ता गठबन्धनको बैठक सकिएलगत्तै अध्यक्ष ओली बालुवाटार पुग्नुभएको हो ।
यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र जसपाको बैठक बसेको थियो । आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । उहाँका अनुसार भोलि बिहान पुनः बस्नेगरी बैठक स्थगित भएको हो ।
आजै (बुधबार) बिहान कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच छलफल भएको थियो । कांग्रेससँगको वार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेलाई केही सिट दिएरसँगै लैजान प्रस्ताव गर्नुभएको थियो ।
सत्ता गठबन्धनको सोहि प्रस्ताव अनुसार छलफलगर्न एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु बालुवाटार पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा