
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिका–१० स्थित बानेश्वरमा रहेको नेपाल सहकारी वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने देहायको सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरीत कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा समस्याग्रस्त घोषणा गरिएको जानकारी दिनुभएको छ ।
‘सहकारी ऐन, २०७४ अनुसार सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ’ उहाँले भन्नुभयो, ‘सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न त्यही ऐनबमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा