
तनहुँ । पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा हुने भएको छ । अल्पसङ्ख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो ।
माघ १५ गतेदेखि तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिका खुला मैदानमा प्रतियोगिता हुनेछ । पिछडिएका दरै जातिका खेलाडीलाई प्रोत्साहन गर्ने, देशव्यापी दरै युवाबीच एकापसमा परिचित, सद्भाव र पारस्परिक मित्रभाव जगाउने, दुव्र्यसनी लागुऔषध, विसङ्गति विकृति फैलिनबाट जोगाउने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो ।
उहाँका अनुसार दरै समुदायलाई खेलसम्बन्धी सचेतना गराउनाका साथै खेलकुदमार्फत समुदायको प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य लिइएको छ । तनहुँ, चितवन, नवलपुर, गोर्खा, धादिङ दरै जातिको बाक्लो बसोबास रहेको छ । उहाँले भन्नुभयो– ‘नितान्त दरै समुदायका खेलाडीको मात्रै प्रतियोगितामा सहभागिता रहनेछ, यसले सबै स्थानका दरै समुदायबीचको एकता कायम गर्न मद्दत मिल्ने अपेक्षा गरेका छौँ ।’ प्रतियोगितामा सहभागिताका लागि ३२ गाउँका दरैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।
देशभरबाट २० समूह सहभागी गराउने लक्ष्य राखिएको समाजका सचिव विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो बस्ती रहेका स्थानका भने बढी समूह सहभागी गराइनेछ । प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ र द्वितीय पुरस्कार ५१ हजार १ सय ११ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका कोषाध्यक्ष आशा दरैले जानकारी दिनुभएको छ ।
उत्कृष्ट खेलाडीलाई २ हजार, उत्कृष्ट गोल रक्षकलाई १ हजार ५ सय र सर्वाधिक गोलकर्तालाई १ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
२०७८ सालको जनगणनाअनुसार देशभरमा दरै जातिको कूल सङ्ख्या २० हजार रहेका तथ्याङ्कमा उल्लेख छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख ८३ हजार ७ सय २२ रुपैयाँ लाग्ने अनुमान गरिएको समाजले जनाएको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्न विभिन्न सङ्घसंस्था, व्यक्ति, स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर
- एमालेको नेतृत्वमा ओलीको विकल्प नभएको प्रतिवेदन पेश
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै