+

दलित वर्गको सशक्तिकरणमा जोड

सिरहा । मुलुकका केही भागमा अद्यापि विद्यान असमान सामाजिक व्यवस्थाको विरोध गर्दै बिहीबार यहाँ आयोजित एक कार्यक्रमका सबै वक्ताले दलित वर्गको सशक्तीकरणमा जोड दिएका छन् । 

अमेरिकी सहयोग नियोग (युएसएआइडी), एशिया फाउण्डेशन र दलित सरोकार मञ्चले संयुक्त रूपमा आयोजना गरेको  कार्यक्रम उनीहरूले लामो समयदेखि सामाजिक विकृति बनेको जातीय छुवाछूत अन्त्य गर्न समाजका हरेक वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन् ।

दलित समुदायका व्यक्तिले नेतृत्व गरेका संस्थाका पदाधिकारीले स्थानीय पालिकाको योजना तर्जुमा, बजेट निर्माण र मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ र नियमावली, २०७८ अनुरुप स्थानीय जातीय विभेद तथा छुवाछ्रूत अनुगमन समिति गठन गर्नुपर्नेमा उनीहरूको मतैक्य थियो । 

ऐनअनुसार मधेस प्रदेशका एक सय ३६ वटै स्थानीय तहमा जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गर्नुपर्ने भए तापनि हालसम्म प्रदेशभरि ३५ पालिकामा मात्र समिति गठन भएका छन् । 

‘ऐन बनेको ५ वर्षसम्म जम्मा ३५  स्थानीय तहमा मात्र जातीय विभेद तथा छुवाछूत अनुगमन समिति बन्नु र अरूमा बन्न नसक्नु चिन्ताको विषय हो’ दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट