+

बालेनद्वारा राप्रपालाई धन्यवाद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ । राप्रपाले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा मेयर शाहले धन्यवाद दिनुभएको हो । 


राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा गरेको थियो। उक्त सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।

‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले फेसबुकमा लेख्नुभएको छ, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँ महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गर्नुभएको थियो । 
यसअघि राप्रपाले महानगरलाई फोहोर र महानगरका संरचनामा क्षति पुर्‍याएकोमा एक लाख रुपैयाँ जरिवाना तिरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै