+

महाबुमा एमाले, डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा-४ मा कांग्रेस विजयी

काठमाडौँ। आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को नतिजा आउनेक्रम जारी छ ।

महाबुमा एमाले

दैलेखः दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गढी–६ मा कांग्रेस

इनरुवाः सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिनुभयो ।

डाक्नेश्वरी १ र ४ मा जसपा

सप्तरीः सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।

डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– मा  देवेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

सुर्मा–४ मा कांग्रेस

बझाङः सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । 

उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गर्नुभएको  निर्वाचन कार्यालयले जनाएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै