काठमाडौँ । चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहनुभएको थियो । जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहनुभएकी उहाँ छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा हुनुहुन्थ्यो ।
काम खोज्ने क्रममा उहाँले एकजना साथीमार्फत काठमाडौँ महानगरपालिकामा रोजगार माग गर्न पाइने सूचना पाउनुभयो । तिहार आफैँमा खर्चिलो पर्व भएकाले दवाडीले शुमा श्रीमान्लाई निवेदन दिन आग्रह गर्नुभयो । श्रीमती र श्रीमान् भएर पालिकामा पुग्नुभयो र रोजगारको बारेमा सोध्नुभयो ।
सडक र बाटोघाटो सरसफाइमा काम पाइने जानकारी पाएपछि दवाडीका श्रीमान्ले काम नगर्ने जनाउनुभयो । ‘फोहर उठाउने काम गर्दिन भन्दै श्रीमान् घर फर्किनुभयो’ दवाडीले भन्नुभयो । दवाडीले भने पाएको रोजगारी गुमाउन चाहनुभएन् । उहाँले पालिका वरिपरिको बाटो, पार्क र सडक सफा गर्ने काम शुरु गर्नुभयो ।
नौ दिनका लागि उहाँले ज्यालादारीमा काम पाउनुभएको थियो । दिनको रु सात सय पाउँदा पर्व खर्च जुट्ने भन्दै उहाँको मुहार उज्यालो थियो । मङ्गलबार शङ्खमूलस्थित बागमती किनारामा बाढीले ल्याएका फोहरका पोका बटुल्दै उहाँले भन्नुभयो– ‘काम गर्न के को लाज ? जे जानेको छु, त्यही गर्छु ।’ श्रीमानले फोहर उठाउने काम गर्दिन भन्दै कामलाई गरेको अपमानप्रति दवाडी दुःखी हुनुहुन्थ्यो । एक सातादेखि ज्यालामा श्रम गर्न पाएकोमा तिहार रमाइलो गरी मनाउन सक्नेमा उहाँ खुशी हुनुहुन्थ्यो ।
सरसफाइ गरेर तिहार खर्च जुटाउने समूहमा हुनुहुन्थ्यो, धादिङकी चाँदनी पुन । उहाँको परिवारमा परिश्रम गर्न सक्ने छोराछोरी र श्रीमान् भए पनि उनीहरु मजदुरी गर्न लाज नमानेपछि पुनले आफैँ काममा जाने निर्णय गर्नुभयो । उच्चशिक्षा उत्र्तिण गरेको छोरो बेरोजगार भएर घरमा बस्दा ५५ वर्षिया पुन भने सरसफाइ गर्ने रोजगारी पाउनुभएकामा उत्साहित हुनुहुन्थ्यो । ‘छोराछोरी सानोतिनो मजदुरी गर्न मान्दैनन् बरु मोबाइल हेरेर बस्छन’ पुनले भन्नुभयो– ‘पेट पाल्नै प-यो । काम पाउनु ठुलो कुरा हो ।’
उहाँसँगै महानगरको श्रम बैंकबाट सरसफाइको काममा खटिनुभएकी कोटेश्वरकी ज्ञानु मर्हजन (नाम परिवर्तन) ले महानगरको सडक सफा गर्ने रोजगार पाएको कुरा घरमा सुनाउनुभयो । घरमा छोराछोरीले र श्रीमानले सडकमा काम गर्न अनुमति नदिए पनि उहाँले भने आर्जनको बाटो गुमाउन चाहनुभएन् । परिवारलाई थाहै नदिइ लुकेर सडकमा सफाइ गर्न आएको महर्जनले बताउनुभयो । बेरोजगार बस्नु भन्दा पाएको काम गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ । ‘परिवारले भने सडकमा रोजगार गर्दा लाज हुने मान्यता राख्छन’ महर्जनले भन्नुभयो– ‘मुख छोपेर कसैले न देख्ने गरी काम गर्छु । छोरोछारीले थाहा पाए भने गाली गर्छन ।’
कामपाले बाढीका कारण फोहर बनेको सहर, बाटो, बगैँचा लगायत स्थान सफा गर्न कामदार खटाएको छ । महानगरले श्रम बैंक खोलेर बेरोजगारलाई रोजगार दिने कार्य सञ्चालन गरेको हो । गत साउन, भदौ, असोज र कात्तिकमा श्रम बैंकबाट रोजगार लिने ६ सय ४७ जना रहेका महानगरको श्रम बैंक शाखा प्रमुख पवनकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ४६ जना अपाङ्गता भएका कामदार छन् ।
शाखा प्रमुख ठाकुरले रोजगार लिनेमा महानगरको सरसफाइ व्यवस्थापनदेखि सिभिल इञ्जिनियर पदसम्म रहेका बताउनुभयो । अधिकांश काम सडक, सहर र बाटोघाटो सरसफाइमा जनशक्ति सक्रिय रहेका उहाँले उल्लेख गर्नुभयो ।
तथ्याङ्क छुट्याएर नराखिए पनि महानगरको सरसफाइ व्यवस्थापनमा महिला जनशक्ति बढी रहेको ठाकुरले बताउनुभयो । ‘पुरुष महिला सङ्ख्या छुट्याएका छैनौँ तर, सरसफाइको काममा महिला कर्मचारी बढी हुनुहुन्छ’ उहाँले भन्नुभयो– ‘महानगरको सफाइमा उहाँहरुको योगदान बढी छ ।’
काठमाडौँ महानगरपालिकाको महिला समूह परिचालन गर्ने भवानी कपालीका अनुसार सरसफाइमा महिला कामदार सजिलै पाउने गरिएको छ । महिला समूहमा पुग्दा उहाँहरुले महानगरको रोजगारबारे जानकारी दिँदा महिला बढी प्रोत्साहन हुने भएकाले सहभागिता पनि बढी देखिएको उहाँले बताउनुभयो ।
‘कतिपय श्रीमान् घरमा समय खेर फाल्न रुचाउँछन्’ सरसफाइ जस्ता काममा आउन नचाहेएको बुझेकी छु’ कपालीले भन्नुभयो– ‘त्यो भनेको पितृ सत्तात्मक धारणाको असर हो भन्ने मेरो बुझाइ छ ।’
समूहमा स्थलगत अवलोकनमा जाँदा आफूले महानगरमा रोजगारका लागि निवेदन दिनु भनेर सिकाउने गरेको महिला समूह परिचालिका कपालीले बताउनुभयो । धेरै महिलाले सरसफाइका काम गर्न अघि सरे पनि पुरुष कम मात्रामा रुचि देखाउने गरेका उहाँको अनुभव छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते