
काठमाडौँ । आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्र्ने बताउनुभएको थियो ।
प्रस्तावमाथीको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक साउन ६ गते दिउँसो १ बजे बस्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी