+

रुकुमका वनमा ७२ हजार बिरुवा रोपियो

रुकुम । रुकुमपश्चिमका सामुदायिक वनमा यस वर्ष  ७२ हजार ४ सय १८ बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार २ सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभएको छ । उहाँका अनुसार सबैभन्दा बढी ४३ हजार ५  सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।

सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताउनुभयो । बिरुवा तथा अन्य सामग्री खरिदमा २० लाख खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै