
नवलपरासी । नवलपरासीमा कुष्ठरोग नियन्त्रण र जीवनस्तर सुधारका लागि रामग्राम नगरपालिका र लेप्रोसी मिशनबीच सम्झौता भएको छ ।
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो । आगामी ५ वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो ।
द लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नगरपालिकासँगको साझेदारीमा एकीकृत कुष्ठरोग तथा अपाङ्गता कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि करिब २ करोड रुपैयाँ बराबरको कार्यक्रम रहेको संस्थाका प्रमुख पराजुलीले जानकारी दिनुभयो ।
नगर प्रमुख धनपत यादवले नगरपालिकाले लिएको स्वास्थ्य तथा जिविकोपार्जनका लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सञ्चालन हुने परियोजनाअन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य, खानेपानी र सरसफाइ तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध