
काठमाडौँ । काठमाडौँको चन्द्रगिरीनगरपालिकास्थित चुनदेवी माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत सुनिभा नेपालीले बालिका घर परिवार समाज र कार्यस्थलमा समेत असुरक्षित भएको बताउनुभएको छ ।
काठमाडौँको चन्द्रगिरी नगरपालिकामा रहेको चुनदेवी माध्यमिक विद्यालयमा तालिम समापन भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले तालिमले महिला तथा किशोरीलाई आत्मरक्षाका लागि सहयोगी बन्ने बताउनुभयो ।
उहाँले नेपालमा भएको कानुनको कार्यन्वयन मात्र गर्ने हो भने पनि हिंसा न्यूनीकरण हुने बताउनुभयो । बागमती प्रदेले यस वर्षलाई सीप वर्षको रूपमा लैजाने भन्दै सीप सिकेर स्वरोजगार बन्न आग्रह गरिन् । कार्यक्रममा युवा तथा खेलकुद परिषद काठमाडौंका अध्यक्ष रुपा थापामगरले तालिमले महिलामाथि हुने हिंंसालाई तत्काल प्रतिवाद गर्न सहयोग गर्ने बताउनुभयो ।
उहाँले हिंसारहित वातावरण बनाउन प्रेरित गर्दै नेपालको कानुन बमोजिम पीडकलाई कारवाहीको दायरामा ल्याउन यस्ता तालिम अन्य क्षेत्रमा पनि सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो।
हिैसा सहेर बसेमा पीडकको मनोवल उच्च हुने हँदा त्यस्तालाई कानूनी दायरामा ल्याएर सजायाँको भागिदार बनाउन पर्ने अध्यक्ष मगरको भनाइ छ । तालिमकी प्रशिक्षक राधिका हमालले किशोरीहरुलाई आफ्नो सुरक्षा आफैँ गर्न सकुन भन्ने उद्देश्यले यस्ता खेल सम्बन्धी तालिम आवश्यक रहेको बताउनुभयो ।
समापन कार्यक्रममा डा कूल पाण्डे ,चन्द्रबहादुर खत्रीलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । प्रदेश सरकारले सीप सिकौ आत्मनिर्भर बनौं भन्ने नाराका साथ यो वर्ष सीप वर्ष घोषणा गरेको छ । सरकारले विभिन्न विधाका सीप अन्तरगत कुक, वेटर, सिलाइ बुनाइ , ड्राभिङ लगायतका सीपमूलक तालिम संचालन गर्दै आएको छ ।
प्रमुख अतिथि र विशेष अतिथिले तालिममा सहभागीलाई सम्मान पत्र वितरण गरेका थिए । २ दिन सम्म चलेको कार्यक्रममा नेपाल लाइन्स क्लव अफ सेल्फ डिफेन्स काठमाडौँबाट प्रमुख प्रशिक्षक राधिका ऐर हमाल र प्रशिक्षकहरू बिमला क्षेत्री ,पूजा लामा, र सम्झना पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा चुनदेवी माविका ३० जना छात्राको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री