
झापा । चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित ५ अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये ३ अर्ब ४४ करोड ३७ लाख ४ सय ८१ रुपैयाँ खर्च भएको हो ।
चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार ८ सय ९३ रुपैयाँको ८५ दशमलव ०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार चालुतर्फ १३ अर्ब चार करोड ११ लाख २९ हजार ४८ रुपैयाँ खर्च भएको छ ।
जिल्लाका स्थानीय तहलाई सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त कूल ७ अर्ब ५५ करोड ७० लाख ५२ हजार रुपैयाँ अनुदानमध्ये ५ अर्ब तीन करोड ५५ लाख ६५ हजार ३ सय ९४ रुपैयाँ खर्च भएको कोष नियन्त्रक भण्डारीले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहलाई प्राप्त समानीकरण अनुदानको ५८ दशमलव ८१ प्रतिशत, चालुतर्फको सशर्त अनुदानको ७४, पुँजीगततर्फको सशर्त अनुदानको ५४ दशमलव २२, विशेष अनुदानमा ५१ दशमलव ६३ र समपूरक अनुदानको ७७ प्रतिशत रकम खर्च भएको छ ।
स्थानीय तहमा विभिन्न शीर्षकमा आउने अनुदानको रकम अर्थ मन्त्रालयबाट फुकुवा हुन अझै बाँकी रहेको भण्डारीको भनाइ छ । ‘आर्थिक वर्षको अन्तिम महिना भएकाले अर्थ मन्त्रालयबाट फुकुवाको पत्र आउनासाथ हामी स्थानीय तहमा रकम पठाउँछौँ’ उहाँले भन्नुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सुनसरीमा गाँजा तस्करद्वारा गोली प्रहार, तीनजना पक्राउ
- आज देशभर मौसम सफा रहने
- काठमाडौँमा भूकम्पको धक्का महशुस
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल