
काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ ।
असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म काठमाडौँमा आइडा–२१ को बैठक हुन लागेको हो । बैठकबारे जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा–२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकले विश्वव्यापी रुपमा आइडाको स्रोत परिचालनका लागि महत्वपूर्ण निर्णय गर्ने उहाँको भनाइ छ । ‘बैठक नेपालमा आयोजना हुनु भनेको नेपालका लागि सकारात्मक पक्ष हो । यसले नयाँ अवसर सिर्जना गर्नेछड अर्थसचिव मरासिनीले भन्नुभयो ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही मञ्च रहेको उहाँको भनाइ छ ।
‘आइडा–२१ बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतको सङ्कलन र नवीकरण गर्न दाताहरु तथा ऋण लिने राष्ट्र एकैठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन्’ जेर्बोसले भन्नुभयो, ‘आइडा सहुलियतपूर्ण वित्तीय सहायताका लागि विश्वको सबैभन्दा ठूलो स्रोतका रुपमा रहेको छ ।’
आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलोमध्येको एक विकास साझेदार संस्था रहेकाले जलवायु वित्त लगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न यो बैठक महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँका अनुसार यो बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति ९पोलिसी प्याकेज० तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । ‘कुन क्षेत्रमा बढी लगानी चाहिन्छ र त्यसका लागि कति लगानी आवश्यक छ भन्ने विषयमा छलफल भई बैठकले तय गर्नेछ’ नेपालले भन्नुभयो ।
असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्नुहुनेछ । बैठकमा ७० देशका दुई सय भन्दाबढी व्यक्ति सहभागी हुँदैछन् । बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।
विकास साझेदारको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा विश्व बैंकका अध्यक्ष अजय बङ्गा लगायत उच्च पदस्थ अधिकारी सहभागी हुँदैछन् । सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमापछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।
आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडाको बैठक हरेक ३ वर्षमा हुँदै आएको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपाल जस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध