+

विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

काठमाडौँ ।  विद्यालयस्तरमा विश्व योग दिवस मनाइने भएको छ । 

सरकारले  असार ७ (२१ जुन)  गते विश्व योग दिवसलाई विद्यालयस्तरमा मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षता आज बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तिकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो । 

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै