+

एसियाडको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

नेपालकैरन
काठमाडौँ ।

चीनको हान्झाउमा जारी १९ औं एसियाडमा नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ ।

नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो  ।

दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । यसअघि शनिबार भियतनामसँग भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो ।

नेपाली महिला भलिबल टोलीले अब नवौं वा १२औं स्थानको लागि खेल्नेछ । समूह सीबाट भियतनाम शीर्ष र दक्षिण कोरिया दोस्रो दोसो हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै