
मकवानपुर । भीमफेदी गाउँपालिका–६ जुरिखेतमा कार दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ ।
बुधबार राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते भएका छन् ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनका तीनमहिने छोरी अजिता भित्रीकोटीको मृत्यु भएको छ। नेपालीलाई उपचारका लागि बुधबार राति हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेको उहाँले बताउनुभयो ।
दुर्घटनामा कार चालक काठमाडौँ चन्द्रगिरी नगरपालिका–१ दहचोक बस्ने ६१ वर्षीय सानु परियारको समेत जीवन गुमेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका मनहरी गाउँपालिका–८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरस्थित सहकारी अस्पतालमा उपचार भइरहेको भण्डारीले बताउनुभयो । कार सडकबाट करिब दुई सय ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री