+

मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिकामा उक्त बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो । पूर्वअरनिको यातायात सेवा समितिको उक्त बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई सोमबार बिहान बोहोरेटार–३ मा ठक्कर दिएको थियो । 

बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

मोटरसाइकलमा पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र मोटरसाइकल चालक खोटाङ तुवाचुङ नगरपालिका –२ का कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मुनाकलाको घटनास्थलमै र  कुमारको  उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । 

बस चालक मन्थली १३ फुलासीका २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट