+

जसपा नेपालले कानुनी उपचार खोज्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिनुभयो । 

‘भोलि बुधबार पार्टीको बैठक बस्छ । बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ’ प्रवक्ता सुमनले भन्नुभयो ।

उहाँका अनुसार बुधबार बिहान पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । 

अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै